प्रभात सिंह: अमेरिका र चीनबीच कोरोना महामारीबीच टकराव बढ्दै गएको छ । कोरोना भाइरसको उत्पत्तिबारे अमेरिकाको चीनमाथि गम्भीर आरोप छ । विश्व महामारीसँग जुधिरहँदा चीनको अर्थतन्त्र सही ट्रयाकमा आइसकेको भनिदैछ । जबकि कोरोना भाइरसको पहिलो संक्रमण चीनमा नै देखापरेको थियो ।
कोरोना कहरबीच हङकङमा अमेरिकी चासो बढेको प्रष्ट देखियो । हङकङको आन्दोलनप्रति पश्चिमाहरुले सद्भाव देखाए । अमेरिकामा भएको रङ्गभेदविरुद्ध आन्दोलनमा पनि चीनको चासो देखियो । यसरी एक अर्काको आन्तरिक मामलामा दुवै देशले चासो देखाउनुमा रणनीतिक स्वार्थ मिसिएको पाइन्थ्यो ।
अमेरिकाले कतिपय चिनियाँ अधिकारीलाई भीसा बन्देज गर्यो । दुवै देशबीच आर्थिक क्षेत्रमा पनि टकराव बढ्यो । सामरिक महत्वका क्षेत्रमा अमेरिका र चीनको सैन्य तथा व्यापारिक उद्देश्य प्रष्ट देखियो । साउथ चाइना सीमा चीनको बढ्दो उपस्थिति र महासागरहरुमा दुवै देशको सैन्य उपस्थितिको बढ्दो गति प्रतिष्पर्धाको अर्को संकेत हो ।
विश्वका दुई शक्तिशाली राष्ट्रहरु अमेरिका र चीन एक अर्कालाई विभिन्न सम सामायिक विषयमा आरोप प्रत्यारोप विगत देखि लगाइरहेको जगजाहेर छ । दुई देश विश्व शक्तिको रुपमा आफूलाई उभ्याउने गरी अभ्यासलाई निरन्तरता दिइरहेका छन् । अमेरिका र चीनबीच सम्बन्ध सुधार उन्मुख भन्दापनि तनावपूर्ण बन्दै गएको देखिन्छ ।
चीनको गति देखेर अमेरिकाले विभिन्न रणनितिहरुको विकास गरिरहेको छ । चीनको छिमेकी मुलुकहरुप्रति अमेरिकाले देखाएको चासोले थुप्रै प्रश्न उजागर गरेको छ । दुवै देशको दूरी बढ्दै गएको छ । अमेरिकाले चीनसंग जोडिएको छिमेकी सीमाहरुमा अमेरिकाले आफ्नो गविविधि र सैन्य उपस्थितिलाई तीव्र पारेको ग्लोबल टाइम्सले लेखेको छ । उक्त क्षेत्रहरुमा अमेरिकी उपस्थितीले शान्ति वार्ताबाट समस्या टुङो नलाग्ने सञ्चार माध्यमले उल्लेख गरेको छ ।
चीनले आफ्नो नीतिमा कुनै परिस्थितीमा कमजोर नपर्ने जनाइएको छ । दुई देशबीच अत्याधिक सैन्य शक्ति रहेको छ । त्यसकारण उनीहरुले द्वन्द्व खडा गर्न नचाहेको कतिपयको भनाइ रहेको छ । अझपनि दुई देशबीच वार्तामार्फत समस्या सामाधन गर्न सक्ने जनाइएको छ ।
चीन शान्ति कायम गर्न सधै तत्पर रहेको र अमेरिकासंग चीनलाई केही आपत्ती नरहेको ग्लोबल टाइम्समा उल्लेख गरेको छ । प्रशान्त महासागर वा हिन्द महासागरमा अमेरिकालाई चूनौती दिन कुनै इच्छा नरहेको जनाइएको छ । चीन आफैमा एक अद्वितीय मुलुको रुपमा रहेको र यसले आफ्नो विकासलाई मात्र निरन्तरता दिइरहेको छ । तर, चीनको ढोकामा आएर गलत ठहरा्उने मुलुक वा द्वन्द्व सृजना गरिरहेको मुलुकप्रति चीन कडा रुपमा पेश आउने जनाइएको छ । साथै चीन कुनै पनि देशको चुनौतीलाई सामना गर्न पछि नहट्ने दाबी समेत गरेको छ । आफ्नो देश र नागरिकको सुरक्षाको निम्ति चीन जुनसुकै मुलुकसंग भिड्न पछि नहट्ने प्रतिबद्वता व्यक्त गरेको छ ।
चीन अमेरिका भन्दा कडा रणनितिका साथ अगाडि बढेको विषय बाहिर आइरहेको छ । यसको जानकारी अमेरिकालाई पनि समेत रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनलाई अमेरिकासँग दाज्न नमिल्न ग्लोबल टाईम्सले उल्लेख गरेको छ ।
अमेरिका र चीनबीच यसरी टराव बढ्दै जाँदा युद्धको खतरा पनि देखिन्छ । तर, आणविक शक्तिसम्पन्न देशहरुबीचको आन्दोलन मानव जातिकै लागि संकट बन्न सक्छ । युद्धको सम्भावना जहिले पनि रहन्छ तर एक अर्काबीचको अन्र्तसम्बन्धका कारण पनि यी दुई देश युद्धमा प्रत्यक्ष गइहाल्ने सम्भावना कमजोर छ ।-एजेन्सीको सहयोगमा