Logo

रुसी औषधी उत्पादनकर्ताले अक्सफोर्डद्वारा निर्मित कोरोना खोप उत्पादन गर्ने



एजेन्सी, ३ साउन । रुसी औषधी उत्पादक कम्पनी आर फार्मा र अक्सफोर्ड विश्वविद्यालयबीच सम्झौता भएको छ । अक्सफोर्ड र एस्ट्राजेनेकाद्वारा निर्मित खोपको विकास र उत्पादन गर्न रुसी फार्मासंग सम्झौता भएको हो । उक्त खोपको विकास र उत्पादनमा तीव्रता दिइ खोपलाई ३० देखि ५० देशलाई पुग्ने गरी खोप निर्माण गरिने कम्पनीको प्रमुखले एक अन्तरवार्तामा बताएका छन् ।

आर फार्माले चाहे अनुसारको उत्पादन र आपूर्ति गर्न सक्ने कारण सम्झौताले निरन्तरता पाएको छ । खोप निर्माण गर्न आर फार्माले मुख्य भूमिका निर्वाह गर्ने र आर फार्मा खोपको केन्द्रको रुपमा विकास हुने विश्वास प्रमुखले लिएका छन् । उक्त खोप मध्ये पूर्वी, दक्षिणपूर्वी एसिया, युरोप लगायतमा समेत आपूर्ति गरिने जनाइएको छ । खोपको अुनसन्धानको क्रममा रहेको छ । उक्त खोप कोरोना विरुद्व लड्न कति प्रभावकारी हुने विषमा अनुसन्धान भइरहेको जनाइएको छ । विशेषगरी खोप मानिसका लागि सुरक्षीत र उपयोगी हुनु आवश्यक रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot