Logo

सहकारी संस्थाद्वारा तीन करोड ४५ लाख ब्याज मिनाह



बनियानी, ३ साउन : झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु तीन करोड ४५ लाख ब्याज मिनाह गरेको छ । संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउन सम्मको चार महिनाको अवधिको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् रु तीन करोड ४५ लाख मिनाह गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिए । “यो अवधिमा ऋण कुनैमा पनि हर्जना, जरिवाना लिएका छैनौँ”, उनले भने, “ऋणको किस्तासमेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको छ ।”

संस्थाले बन्दाबन्दीको अवधिमा सदस्य तथा समुदायलाई थोरै भए पनि मद्दत पुगोस् भनेर स्वास्थ्य चेतना, खाद्यान्न सामग्री राहत, विपत् सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको जनाइएको छ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्