Logo

फर्स्ट माइक्रोफाइनान्सनको कामु कार्यकारीमा पन्त नियुक्त



काठमाडौँ, ३ साउन : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कायममुकायम प्रमुख कार्यकारी अधिृकतमा दानराज पन्त नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यावधि गत असार ३१ मा सकिएपछि पन्त कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । कम्पनीले रु पाँच अर्ब २३ करोड ऋण सापटी लिएर रु पाँच अर्व ६० करोड थोक कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पूँजी रु ८० करोड छ । पन्त अर्थशास्त्रमा स्नातकोत्तर छन् ।

फर्स्ट माइक्रोफाइनान्स ‘घ’ वर्गको राष्ट्रिय स्तरकोे थोक लघुकर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाका रुपमा सेवा प्रदान गर्दै आएको छ । संस्थाले २०६६ साल पुस २४ गतेदेखि कारोवार थालेको हो । संस्थाले बचत तथा ऋण, बहुउद्देश्यीय र साना किसान सहकारी संस्थालाई दिगो लघुवित्त सेवाका लागि थोक लघुकर्जा प्रदान गरिरहेको छ । यसबाट थोक कर्जा लिई रहेका साझेदारी ऋणी संस्था १३२ हाराहारी छन् । पन्तले आफ्नो जिम्मेवारीसँगै संस्थालाई लघुवित्त क्षेत्रमा अझै प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।-रासस



प्रतिक्रिया दिनुहोस्