Logo

मौद्रिक नीति कार्याव्यनमा तत्काल ‘टास्क-फोर्स’ गठन गर्नुपर्छ : पूर्व गभर्नर क्षेत्री



काठमाडौं, ३ साउन । पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले नेपाल राष्ट्र बैंकले हिजो ल्याएको आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति राम्रो आएकोले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै पूर्व गभर्नर क्षेत्रीले मौद्रिक नीतिले निजी क्षेत्रपनि उत्साही भएको सुनाए । तर, निजी क्षेत्रले जति अपेक्षा गरेको थियो त्यो सबै पूरा नभएको उनको टिप्पणी छ । उनले भने,‘सबैले आशा गरेअनुसार नै नीति आएको छ । हुन त मौद्रिक नीतिमा सबैको अपेक्षा ठूलो थियो । सबै अपेक्षा पूरा हुने कुरा त भएन । तर, समग्रमा नीति राम्रै आएको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापत्विमा आयोजित साक्षात्कारमा बोल्दै उनले गभर्नर महाप्रसाद अधिकारी आफैं राष्ट्र बैंकमा लामो समय काम गरेर खारिएको व्यक्ति भएकोले पनि मौद्रिक नीति राम्रो ल्याउन सफल भएको प्रतिक्रिया दिए ।


उनले भने,‘जुन स्पिरिटमा यो मौद्रिक नीति ल्याईएको छ, यही स्पिरिटका साथ यसको कार्यान्वयन हुनुपर्छ । होईन भने जति राम्रो ल्याएपनि कार्यान्वयन नभए यसको अर्थ हुँदैन् । मौद्रिक नीतिमा खोट छैन् । अब यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि राष्ट्र बैंकले तत्काल एउटा टास्क–फोर्स गठन गर्नुपर्छ । र, यहीमार्फत मनिटरिङ गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्