Logo

सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह-अगुवाईमा सि.जि. सिमेन्टमा लगानी



काठमाडौं, ३ साउन । सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सि.जि. सिमेन्टमा लगानी भएको छ । सानिमा बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘सानिमा बैंक लि.को अगुवाई, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि. को सह–अगुवाई एवं ग्लोबल आईएमई बैंक लि., कुमारी बैंक लि., सनराइज बैंक लि., प्रभु बैंक लि., नेपाल बैंक लि., सेञ्चुरी बैंक लि., नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., र नेपाल एसबिआई बैंक लि. समेतको सहभागितामा सि.जि.सिमेन्ट इन्डष्ट्रिज पाल्पा प्रा.लि.को Clinkerization Plant को क्षमता 1,950 TPD बाट 2,950 TPD मा विस्तार गर्न आवश्यक थप कर्जा रु.२ अर्ब ३७ करोड ८० लाख गरी कुल रु. ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न सहभागी बैंकहरुबीच मिति २०७४ पौष ७ मा भएको सहवित्तीयकरण सम्झौतामा मिति २०७७ आषाढ ३० गते पुरक सहवित्तीयकरण सम्झौता (Supplementary Syndicated Loan Agreement) सम्पन्न भएको छ ।’

उक्त समारोहमा अगुवा बैकको तर्फबाट सो बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाण कुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईले सम्झौतामा हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्