Logo

नेकपा सचिवालय बैठक, सहमति निस्केला ?



काठमाडौं, ३ साउन । तीन घन्टा देखि जारी नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले आन्तरिक विवाद समाधानको मार्ग खोल्ने आशा गरिएको छ । पटक पटक स्थायी कमिटी बैठक स्थगित भएपछि सचिवालय बैठक अपरान्हदेखि बालुवाटारमा बसिरहेको छ ।

बैठक अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वन टु वन कुराकानी भएको थियो । दुवै नेताले सहमतिको एजेन्डाबारे छलफल गरेका थिए ।

प्रचण्ड समुहले अध्यक्ष ओलीको राजीनामा माग्दै आएको छ । तर, ओली राजीनामा नदिने अडानमा छन् । यसले नेकपा फुटको खतरामा समेत पुगेको छ । पार्टी फुट्न नदिन दोस्रो पुस्ताका नेताहरु सक्रिय भएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्