Logo

सचिवालय बैठक चल्दै गर्दा मुख्यमन्त्री पोखरेलसहित दुई मन्त्री बालुवाटार छिरे



काठमाडौं, ३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक जारी रहँदै गर्दा स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेश नम्बर ५ का मूख्यमन्त्री शंकर पोखरेल र संघीय सरकारका दुई मन्त्रीहरु महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल बालुवाटार प्रवेश गरेका छन् ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार उनीहरु सचिवालय बैठक चलिरहेकै अवस्थामा बालुवाटार प्रवेश गरेका हुन् । उनीहरु के कति कारणले बालुवाटार गएका हुन् ? भन्ने कुरा खुल्न सकेको छैन् । नेकपाभित्र यतिवेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको विषयले विवाद चुलिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्