काठमाडौं, ३ साउन । मादक पदार्थ सेवन गरी महिलाको ज्यान लिने अभियुक्तलाई धरौटीमा छाड्ने आदेश दिएको घटना विवादमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल र मनोज शर्माको इजलाशले अभियुक्त पृथ्वी मल्ललाई धरौटीमा छाड्ने आदेश विवादमा परेको हो ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आदेशप्रति आपत्ती जनाएका छन् । उनले सामाजिक सञ्जालमा यी नजिर स्थापित गर्ने हो भने नेपाली थुनासमा असी प्रतिशत बन्दीलाई छाड्नुपर्ने लेखेका छन् । उनले लेखेका छन्, ‘अदालतमा आगामी १५ वर्षसम्म सेटिंगको कुरा र यो आदेशमा कुनै तारताम्य छ भने देश कता ?’
अदालतमा अभियुक्त पृथ्वी मल्ललाई सेभर डिप्रेसनमा रहेको र मानसिक दमको समेत विरामी रहेको भनी रिपार्ट पेश गरिएको छ । यही आधारमा उनलाई कोरोना भाइरसको महामारीको अवस्था समेतलाई दृष्टिगत गरी अदालतले पाँच लाख रुपैयाँ धरौटी लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।