काठमाडौं,साउन ४ । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी प्रमुख सदस्य सचिवका लागि यतिबेला २७ जनाको नाम चर्चामा छ । खेलकुद विकास ऐन २०७७ अनुसार पहिलो पटक सदस्य सचिव छनोटका लागि आवेदन माग गरिएको हो । जसमा २७ जनाको आवेदन परेको हो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रहेको ३ सदस्य सिफारिस समितिले २७ जनाबाट तीनजनाको सट लिस्ट तयार गर्नेछ । मन्त्रिपरिषद्ले तीन जनामध्ये एकजनालाई सदस्य सचिवमा नियुक्त गर्नेछ । कोरोना भाइरस ९कोभिड–१९०को महामारीले प्रभावित खेलकुद क्षेत्रमा सदस्यसचिवको बाजी कसले मार्ला भन्ने चर्चाको विषय बनेको छ ।
राखेपको सदस्यसचिवमा ‘असीमितशक्ति’हुने भएकाले विगतमा यो पदको आकर्षण थियो भने राजनीतिक नियुक्तिका लागि ठुलै दौडधुप हुन्थ्यो । यतिबेला पनि २७ जनाआ–आफ्नो शक्ति केन्द्रमा धाउन भने पछि परेका छैनन् । त्यसैले कतिपयले आवेदन माग गरेपछि यो ‘नाटक’मात्र रहेको विश्लेषण गर्न थालेको आजको राजधानी दैनिकमा खवर छ ।