Logo

प्रहरीको आत्महत्या श्रीमती र प्रेमीविरुद्ध मुद्दा दर्ता



धरान, ४ साउन । जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर राईका अंगरक्षक प्रहरी हवल्दार ओम प्रकाश खतिवडाको आत्महत्याको घटनामा प्रहरीले उनकी श्रीमती र प्रेमीलाई दोषी ठहर्‍याएको छ। सुनसरी प्रहरीले हवल्दार खतिवडाले आत्महत्या गर्नुको कारण उनकी श्रीमती दीक्षा खतिवडा र उनका प्रेमी विशाल तामाङ रहेको भन्दै आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ। प्रहरीले दुवैलाई पक्राउ गरी कारबाही प्रकृया अगाडी बढाएको छ।

हबल्दार खतिवडाले आत्महत्या गर्नुको कारण श्रीमती दीक्षा र विशालबीचको अवैध सम्बन्ध रहेको खुलासा भएको छ। दिक्षाले उर्लावारी–९ का विशालसँ दुईवर्षदेखि राखेको अवैध सम्बन्धका कारण आत्महत्या गरेको देखिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए। दोषी देखिएपछि दुवैजनालाई पक्राउ पक्राउ गरी आत्महत्या दुरुसाहन सम्बन्धि मुद्दा दर्ता गरि कारबाही प्रकृया अगाडी बढाइएको एसपी थापाले जानकारी दिए।

हवल्दार खतिवडाले गत असार १६ गते राति जिल्ला अदालत सुनसरीको छतमा पेस्तोलबाट आफैंलाई कन्चटमा गोली हानि आत्महत्या गरेका थिए। आफैँलाई गोली हान्नुअघि ओम प्रकाशले दीक्षालाई पनि फोन गरेको र विशाललाई पनि फोन गरेर मेरो जिन्दगी बर्बाद पारिस श्रीमतीलाई लगर राम्रोसँग पाल भनेको अनुसन्धानबाट देखिएको एपपी थापाको भनाइ छ।

खतिवडाले आत्महत्या गर्नु अगाडी तामाङ र श्रीमतीसँग फोनमा बोलेको कल डिटेलसमेत प्रहरीले फेला पारेको छ। श्रीमती दिक्षाको तामाङसँग रहेको चालपछि पटक–पटक सम्झाउँदा पनि नमानेका कारण तनावले दाजुले आत्महत्या गरेको मृतकका भाइ तारानिधि खतिवडाले बताएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्