Logo

६६ प्रतिशतले जिते कोरोना



काठमाडौं,साउन ४ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पछिल्ला दिनमा घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ३ सय ३१ जनाको परीक्षणमा थप ५७ जनामा मात्र संक्रमण पुष्टि भएको हो। यो संक्रमण दर १।७१ प्रतिशत मात्र हो।

यसअघि पनि दुई सातादेखि संक्रमण दर घट्दै गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। शुक्रबार ४ हजार ६ सय ८८ जनाको परीक्षण गरिएकोमा १ सय १ जनामा संक्रमण देखिएको थियो। यो २।१५ प्रतिशत मात्र हो। पछिल्लो साता संक्रमण दर दुई प्रतिशतको आसपास रहेको छ। नेपालमा गरिएको आरटी पिसिआर परीक्षणका आधारमा संक्रमण दर ५।६ प्रतिशत छ। संक्रमितमध्ये मृत्यु दर ०।२ प्रतिशत छ।

मन्त्रालयका प्रवक्ता गौतमले शनिबार कैलालीमा १३ जना, मोरङका ९, डोटीका ७, दैलेखका ५, रुकुम पश्चिमका ३ र तेह्रथुम, सर्लाही, गुल्मी, पाल्पा, डडेलधुरा र बझाङका २÷२ जनामा थप संक्रमण पुष्टि भएको जानकारी दिए। त्यस्तै, इलाम, झापा, बारा, नुवाकोट, बागलुङ, पर्वत, सल्यान र कञ्चनपुरमा एक÷एक जनामा संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्