Logo

नेकपा विवाद मिलाउन लिखित सहमति हुनुपर्ने प्रचण्ड पक्षको अडान, पार्टी कमिटीबाट निर्णय हुनपर्ने



काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवादमा अध्यक्ष केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव राखेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही लचिलो भएका छन् । उनले यसबारे निकटस्थसँग परामर्श समेत लिएका छन् । तर, निकटस्थले अब हुने सहमति मौखिक नभई लिखित नै हुनुपर्ने सुझाव प्रचण्डलाई दिएका छन् ।

प्रचण्डनिकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सहमति लिखित नै हुनुपर्ने र त्यो पार्टीबाट निर्णय समेत हुनुपर्ने बताए । उनले पार्टीलाई एक ढिक्का बनाइराख्न सबै लचिलो हुनुपर्नेमा जोड दिदै अब हुने सहमति गोप्य नभई खुल्ला र लिखित नै हुनुपर्ने स्पष्ट पारे ।

नेकपा विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहँदै आएको र उनीहरुले विगतमा दुई नेताबीच मात्र मौखिक सहमति बनाउने गरेबाट समस्या आएको निष्कर्ष निकालेका छन् । उनीहरुले जुनसुकै सहमति लिखित र पार्टी कमिटीबाट निर्णय गरेको हुनुपर्नेमा जोड दिएका थिए ।
विगतमा पनि मौखिक सहमति भएको र त्यो पालना नहुँदा समस्याहरु आएको प्रचण्ड पक्षको ठहर रहेको छ । सहमतिको विकल्प नभएको तर भएका सहमतिको पूर्ण पालनाका लागि लिखित रुपमा निर्णय गरेर जानुपर्ने उनीहरुको निष्कर्ष छ ।

प्रधानमन्त्री ओली राजीनामा नदिने अडानमा रहेबाट सहमतिको बिन्दु निकाल्ने राजनीतिक लेनदेनको तयारी भयरहेको छ । त्यसका लागि नेकपाभित्र र बाहिरबाट विभिन्न तहबाट पहल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot