Logo

अमेरिकी नौसैनिक कमाण्डरमाथि रुसलाई गोप्य इमेल पठाएको आरोप



एजेन्सी, ४ साउन । अमेरिकी नौसैनिक कमाण्डर चाल्र्स ब्रिग्समाथि अमेरिकाको गोप्य इमेलहरु रुसलाई पठाएको आरोप लागेको छ । जनवरी ९ सन् २०१९ मा नेब्रास्का एयर फोर्स बेसमा कार्यरत रहेका ब्रिग्सले अमेरिकी सरकारी कम्प्युटरलाई प्रयोग गरी केही गोप्य इमेलहरुलाई रुस पठाएको आरोप लागेको हो ।

गोप्यताको हनन् गरेको भन्दै उनलाई कारवाहीको दायरामा ल्याइएको छ । जानीजानी ब्रिग्सले आफ्नो राष्ट्रको गोप्यता भंग गरेको अधिकारीहरुले बताएका छन् । ब्रिग्सले कसलाई इमेल पठाएको भन्ने नाम बहिरिएको छैन् । उनलाई भर्जिनियन पाइलटले इमेल पठाइरहेको अवस्थामा रङ्गेहात समातेको जनाइएको छ । कस्ता प्रकारको गोप्य जानकारी उनले पठाएको भन्ने विषय गोप्य राखिएको छ ।Photo Source : TASS



प्रतिक्रिया दिनुहोस्

Screenshot