Logo

बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभरी १६ जना सङ्क्रमित भेटिए



४ साउन: चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट सङ्क्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन ।

“पछिल्लो १३ दिनसम्ममा बेइजिङ्मा कुनै पनि नयाँ सङ्क्रमित भेटिएका छैनन् भने शनिबार १३ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्,” एक अधिकारीले भने ।

यसैबीच चीनमा देशभरी पछिल्लो२४ घण्टामा १६ जना मात्र सङ्क्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा सङ्क्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका सङ्क्रमित हुन् ।

जोन हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म एक करोड ४२ लाख ४१ हजारभन्दाबढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी कोरोनाभाइरसकै कारण विश्वभरी अहिलेसम्म छ लाख एक हजार ४५५ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ ।सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

Screenshot