मुकुन्द कालिकोटे : काठमाडौं, ४ साउन । ‘इन अफ इज इन अफ’ का अभियन्ताहरु पुनः सत्याग्रहमा बसेका छन्। उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमा भटेर दिएको बचन प्रतिवद्धता कार्यन्वयन नभएका कारण पुनः सत्याग्रह बसेका हुन् । ’राजधानीको बशन्तपुरमा शनिबारदेखि कोभिड—१९ को विषयलाई लिएर सत्याग्रहमा बसेका छन्।
इन अफ इज इन अफका एक अभियन्ता ‘इ’ ले भने, ‘अभियानको सुरुवात नै कोभिड—१९ को सहज समाधान होस् भन्ने थियो। आजका दिनसम्म पनि त्यहि कुरालाई मुख्य माग बनाएर हामीहरु सत्याग्रह बसिरहेका छौं। आर्थिक स्थीति कमजोर भएका मानिसहरुलाई सरकारले सम्बोधन गर्न सक्नुपर्छ। त्यो काममा सरकार असफल देखिँदैन। अर्को महत्वपूर्ण कुरा भनेको प्रधानमन्त्री केपी शर्मा ओलीले हामीलाई अस्पतालमा भटेर दिनु भएको बचन प्रतिवद्धता कार्यन्वयन नभएका कारण हामीहरुले पुनः सत्याग्रह बसेका हौं।’
उनले अगाडि भने,‘१२ दिन पाटन अस्पतालमा रहँदा सहमति भएको थियो। पिसिआर परिक्षणको लागि गरिएको उक्त सहमति गरिएको थियो। तर, आजका दिनसम्म पनि सम्पूर्ण जनताहरुको कोरोना परिक्षण पिसिआर बिधिबाट गरिएको छैन। परिक्षणको दायरा बढाइएको छैन। हामीले जनस्वास्थ्यसँग सम्बिन्धत र पारदर्शीता, जवाफदेहितासम्बन्धित मागहरु छन्। यसमा हाम्रो मात्रै सहभागिता देख्नु हुँदैन। आम नेपालीहरु यस अभियानमा सहमत हुनुहुन्छ।’
अभियन्ताहरुले लाचार नबन सरकार, सत्ता फर्ने भनेका होइनौं, नियत फर्ने भनेका हौं, सरकारको हातमा रगत छ, शासक होइन, सेवक बन, सत्यको आग्रह सुन, सरकारको ध्यान कता रु जनता मर्दैछन्, यता, मन्त्री ज्यू, के छ खबर रु हामी जवाफदेहिता र पारदर्शीता चाहन्छौं, पीसीआर कि बेसार रु जनता बचाउने कि जनता हसाउँने रु महामारीको अर्को नाम सरकार हो, लगायतका नाराहरु लेखिएका प्लेकार्डहरु बोकेका छन्।