Logo

फ्रान्सका लागि आवासीय नेपाली राजदूत अधिकारी पोर्चुगलमा



लिस्बन, ४ साउन : फ्रान्सका लागि आवासीय नेपाली राजदूत दीपक अधिकारी पोर्चुगलको राजधानी लिस्बन गएका छन् । अधिकारी पोर्चुगलका गैरआवासीय नेपाली राजदूत हुन् ।

उनी पोर्चुगलका राष्ट्रपति मार्सेलो दिसिल्भासामु आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम सहभागी हुन लिस्बन गएको जनाइएको छ । उनी पोर्चुगलमा एक हप्ता रही नेपाली समुदायसँग छलफलका साथै नेपाली समुदायका मञ्जुरीनामा, राहदानी र प्रमाणीकरण काममा व्यस्त रहने बताइएको छ ।

उनले शुक्रबार र शनिबार गरी त्यहाँस्थित प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति, नेपाली समाज, नेपाली जनप्रगतिशील मोर्चा, जनजाति महासङ्घ, नेपाल पत्रकार महासङ्घलगायत सङ्घसंस्थाका प्रतिनिधिसँग भेटी पोर्चुगलमा बसोबास गर्दै आएका नेपालीका विविध विषयमा जानकारी लिए । उनले आपसी सहकार्य र समन्वयबारे पनि विचारविमर्श गर्दै नेपालीको समस्या समाधान गर्न राजदूतावास सधैँ सकारात्मक रहेको बताए ।

पोर्चुगल सरकारका प्रतिनिधिसँगको भेटमा नेपाली समुदाय इमान्दार रहेको भनी प्रशंसा गरेको पाइएको बताउँदै उनले उक्त साख जोगाउन सबै पक्षलाई अनुरोध गरे । साथै कोभिड–१९ बाट प्रभावितको अवस्थाबारे पनि उनले जिज्ञासा राखेका थिए ।

राजदूत अधिकारीले लिस्बनका लागि अवैतनिक नेपाली वाणिज्यदूतका रूपमा कार्यरत मकरबहादुर हमाल अवैतनिक नेपाली महावाणिज्यदूतमा पदोन्नति भएकाएकामा बधाई तथा कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए ।रासस



प्रतिक्रिया दिनुहोस्