Logo

कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ



धनुषा, ४ साउन । कर्तव्य ज्यान मुद्दामा फरार रहेका धर्मेन्द्र प्रसाद कलवार शुक्रबार पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा ६ वर्ष देखि फरार रहेका प्रतिवादी पर्सा वीरगंज बस्ने भारत घर भएका कलवारलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७१ बैशाख ९ गते बारा तत्कालिन विश्रामपुर गहुँ खेतमा भारत रक्सौल घर भएका पर्सामा बस्दै आएका प्रमोद साहलाई धरिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहि फरार रहेका कलवारलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषा जनकपुरधामबाट खटिएको प्रहरीले वीरगंजमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

कलवारलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्