Logo

खुमलटारमा आफ्नो समुहसँग छलफलपछि प्रचण्ड ओलीसँग वार्तामा



काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ । उनी अपरान्ह ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रचण्ड आफ्ना समुहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग छलफलपछि बालुवाटार पुगेका हुन् । उनको समुहले राजीनामाको माग यथावत् राख्ने र मंसिरमा महाधिवेशनलाई नमान्ने निष्कर्ष निकालेको थियो ।

हिजो प्रचण्ड मंसिरमा महाधिवेशन गर्ने विषयमा लचिलो बनेको खबर आएको थियो । लगत्तै प्रचण्डको समुहमा तरंग आएको थियो ।
आजको भेटमा प्रचण्डले आफ्नो समुहको बटमलाइनबारे कुरा गर्ने भएका छन् । विश्वस्त स्रोतका अनुसार प्रचण्डलगायतका नेताहरु एक व्यक्ति एक पदसहित प्याकेजमा सहमति हुनसक्ने तहसम्म लचिलो भएका छन् । तर, ओली अध्यक्ष र प्रधानमन्त्री दुवै त्याग्न तयार छैनन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot