Logo

करार सेवाका १४५ कर्मचारीको नवीकरण नगर्ने निगमको निर्णय



काठमाडौँ, ४ साउन : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले करार सेवाका १४५ कर्मचारीको नवीकरण नगर्ने निर्णय गरेको छ । असार मसान्तमा करार अवधि समाप्त भएका २२५ कर्मचारीमध्ये तत्काल आवश्यक रहेका ८० जनाको मात्रै नवीकरण गरिएको छ । निगमसँग सबै विभाग गरी कूल ४७८ करार सेवाका कर्मचारी छन् ।

निगमले कोभिड–१९ कारण निगमको मूल आम्दानीको स्रोतका रुपमा रहेको ग्राउण्ड ह्याण्डलिङ सेवाबाट हुने आय करिब ९० प्रतिशतले घटेको र आन्तरिक उडानसमेत बन्द गर्नुपरेको अवस्थामा निगमलाई जोगाइराख्न खर्च कटौतीमा हरसम्भव प्रयास गर्नुपरेको उल्लेख गरेको छ । निगमसँग अन्तरराष्ट्रिय उडानमा दुई वाइडबडी ए ३३० र न्यारोबडी ए ३२० जहाज छन् । निगमले भारतका तीन सहित नौ गन्तब्यमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्