Logo

भान्जाको हत्या गरेर फरार मामा १३ वर्षपछि पक्राउ



काठमाडौं, ४ साउन । आफ्नै भान्जाको हत्या गरेर फरार राजेश कुमार गुप्तालाई १४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । जोरपाटीको राई स्कुल पढ्ने रोहित गुप्तालाई २०६४ साल असोज २४ गते अपहरण गरेर हत्या गरी फरार भएको अभियोगमा सर्लाही मलंगवाबाट पक्राउ गरी आइतबार काठमाडौंमा ल्याएर पत्रकार सम्मेलनमार्फत गुप्तालाई प्रहरीले सार्वजनिक गरेको हो ।

भारत घर भएका गुप्ताले रोहितका बाबु बासुदेवसँग २ लाख ५० हजार फिरौती लिए पनि रकम लिएको ३ दिनपछि बालकको शव कमलादीको गणेश मन्दिरको सडक पेटीमा फालिदिएका थिए । अपहरणकारीले बालकको हत्या गरे पश्चात भरियालाई बोक्न लगाएर कमलादीको सडकमा लगेर छोडीदिएका प्रहरीले जनाएको छ ।

रोहितको अपहरण पछि भएको हत्यामा सम्लग्न रहेको भन्दै धादिङका विष्णु सुनुवारलाई २०६४ मंसिर १२ गते नै पक्राउ गरी कारागार चलान गरेको थियो । उनी हालसम्म कारागारमै छन् ।



प्रतिक्रिया दिनुहोस्