Logo

नेपाल लाइफका कार्यवाहक सिइओमा सन्तोष प्रसाई



काठमाडौं, ४ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ ।  प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएको कम्पनीले जनाएको छ।

गत असार ३१ गते बसेको संचालक समितिको बैठकले प्रसाईलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो । प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका थिए ।



प्रतिक्रिया दिनुहोस्