काठमाडौं, साउन ५ । आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । हिन्दू नेपाली नारीहरुका लागि आजको दिनलाई विशेष रुपमा लिइन्छ ।
आजै सोमवारे औंशी परेकाले आजको दिनलाइ हिन्दु धर्ममा विशेष दिनको रुपमा लिने गरेको पाइन्छ ।आजको दिन स्नान र दान दिनका लागि शुभ मानिन्छ। आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्टलमा टाढा टाढाबाट भक्तजनहरु धाउने गर्दछन।
हिन्दु धर्मावलम्बी अनुसार सोमबारे औंशीको दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरुले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात सोमबारे औंशीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ। पौराणिक कालमा सोमबारे औंशी अत्यन्त कम पर्दथ्यो तर सुस्तरि कलीयूगको शुरुवात संगै धर्तिमा सोमबारे औंशीका तिथिहरु बढ्दो पर्न थाल्यो ।
कलीयूगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औंशीहरु परेको बताइन्छ ।जुन सोमबारको दिन औंशी पर्दछ त्यहि दिनलाई सोमबारे औंशी भनिन्छ । हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ।
सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतिक र सूर्य मस्तिष्कको प्रतिक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान शिवजी मै समर्पित छ।