Logo

साउनको सोमबार ब्रत लिएमा विवाह हुन ढिलो भएकाको समस्या समाधान



पंचाग अनुसार आज साउनको पहिलो सोमबार हो । साउनको सोमबारको व्रत शुरु गर्ने आज विशेष दिन हो । आज सर्वर्थि सिद्धि योग परेको छ । आजकै दिन साउन सोमबारको व्रत शुरु गरी देवहरुको देव महादेव र माता पार्वतीको विशेष पुजा अर्चना गरिन्छ । सोमबार व्रत लिएमा विवाह हुन ढिलो भएकाहरुको समस्या समाधान र परिवार एंव सन्तानको कल्याण हुनेछ ।

आज हामी पहिलो सोमबारको लागि शुभ साइत, पुजा विधि आदीको बारेमा चर्चा गरौ ।

साउन सोमबारको विशेष समय

दिनः सोमबार, श्रावण महिना, कृष्ण पक्ष, औसी

सवर्थि सिद्धि योगः बेलुका ९ बजेर ३७ मिनेट बाट मंगलवार बिहान ५ बजेर ५२ मिनेटसम्म

अमृत कार्यः बेलुका ७ बजेर १७ मिनेटबाट रातको ८ बजेर ५० मिनेट सम्म

शिव पंचाक्षर मन्त्रः पुजाको समयमा भगवान शिवको पंचाक्षर मन्त्र ‘ओम नाः शिवाय’ जप गर्नु तपाइँको लागि कल्याणकारी हुन्छ ।

साउनको सोमबार व्रत एवं पुजा विधिः बिहानै नुहाएर निराहार बसी सफा कपडा लगाउने । हातमा जल लिएर साउनको पहिलो सोमबार व्रत एवं पुजाको संकल्प लिने । यसपछि जलमा गंगाजल मिसाएर भगवान शिव शंकरको जलभिषेक गर्ने । अब गाईको दुध, सेतो फुल, अक्षेता, पंचामृत, सुपारी भांग, बेलपत्र, सेतो चन्दन आदीले सादर पुर्वक चढाउने । राम नाम लेखेका १२ बेलपत्र भोलेनाथलाई चढाउदा कल्याणकारी मानिन्छ ।

पंचाक्षर मन्त्र जप गर्दा भगवान शिवलाई बेलपत्र अर्पित गर्ने । यसपश्चात माता पार्वतीलाई फल, फुल, सिन्दुर, अक्षता एवं श्रिंगारका सामाग्री अर्पित गर्ने । दुवैको पुजा गरेपछि भगवान कात्तिके र गणेशको पुजा गर्ने । यसपछि शिव परिवारको नाममा बत्ती बाल्ने । शिव चालिसाको पाठ गरेपछि शिवजीलाई आरती गर्ने ।

दिनभर व्रतको नियमको पालन गर्ने । बेलुका भगवान शिवको आरती गर्ने । फेरी पारण गरेर व्रत पुर्ण गर्ने । शिवको परिवारलाई चढाएको सामाग्री ब्राह्मणलाई दान गर्ने ।



प्रतिक्रिया दिनुहोस्