Logo

साइकलको सिटमुनी लुकाएको हेरोइनसहित पक्राउ



मोरङ, ५ साउन । अवैध लागूऔषधसहित तारिकन अनवरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । विराटनगरबाट ३५ ग्राम ५ सय ६० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित भारत अररिया जोगबनीका अनवर पक्राउ परेका हुन् ।

साइकलमा सवार उनलाई जाँच गर्ने क्रममा साइकलको सिटमुनी लुकाइछिपाई ल्याउँदै गरेको उक्त खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिकाबाट १ सय २० चक्की नियन्त्रित लागूऔषध नाइट्राभेट र २ थान मोबाइलसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राज दाश र सुमित दाश रहेका छन् । शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले जाँच गर्ने क्रममा राजको साथबाट ६० चक्की र सुमितको साथबाट ६० चक्की लागु औषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्