Logo

अपाङ्ग किशोरीलाई बलात्कार गर्ने किशोर पक्राउ



काठमाडौं, ५ साउन । जबरजस्ती करणी गरेको अभियोगमा अतुल तमौली पक्राउ परेका छन् । बर्दियाको १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरियाका तमौलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई २०७६ भदौ १६ गते जबरजस्ती करणी गरी फरार रहेका अतुललाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै पर्वतमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाशिलाका १२ वर्षीय र १४ वर्षीय दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । मानसिक रुपमा अपाङ्गता भएकी ती किशोरीलाई गत जेठ १७ गते सोही ठाउँ पिँडालु खोलामा जबरजस्ती करणी गरेका दुई किशोरलाई ईलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्