Logo

कटुवा पेस्तोलसहित पक्राउ



धनुषा, ५ साउन । कटुवा पेस्तोलसहित सुनिल कुमार अधिकारी पक्राउ परेका छन् । जनकपुरमा डेरा गरी बस्ने सर्लाही घर भएका अधिकारीलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरधाममा पैदल हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागी जाँच गर्ने क्रममा उनको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्