५ साउन : साउदी अरबका राजा सलमान स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् ।उनलाई राजधानी रियादस्थित किङ्ग फैसल विशेषज्ञ अस्पताल भर्ना गरिएको साउदी दरबारले सोमबार जनाएको छ ।
दरबारले जारी गरेको वक्तव्यका आधारमा साउदी प्रेस एजेन्सीद्वारा सम्प्रेषित समाचार अनुसार ८४ बर्षीय राजालाई पित्तासय सुनिएकोले परीक्षणका लागि अस्पताल भर्ना गरिएको उल्लेख गरिएको छ ।कोरोनाको त्रासका कारण साउदी राजा सलमान केही समयदेखि सार्वजनिक भएका थिएनन् ।उनी सन् २०१५ को जनवरीदेखि राज्यशक्तिमा छन् । उनीआफ्नो पुस्ताको अन्तिम राजा हुन् ।
राजा सलमानको ३४ बर्षीय छोरा राजकुमार मोहम्मद बिन सलमान हुन् । उनलाई नै भावी राजा मानिएको छ । उनमा राम्रो नेतृत्व क्षमता रहेको छ । राजा सलमानकै सहयोग र समर्थनमा उनलाई हालै मात्र राजधानीमा सारिएको छ ।एपी