Logo

कोरोना भाइरसपछिको सुधार योजनाका लागि सम्झौता हुनेमा नेताहरू आशावादी



५ साउन : कोरोनाभाइरसका कारण थला परेको अर्थतन्त्रलाई उकास्न कोरोनाभाइरसपछिको आर्थिक पुनःप्राप्ति योजनाका लागि सम्झौता हुनेमा यूरोपेली नेताहरूले विश्वास व्यक्त गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर एन्जेला मर्केलले ब्रसेल्समा भएको ईयू शिखर सम्मेलनको चौथो दिन सोमबार उक्त धारणा व्यक्त गरेका हुन् ।

म्याक्रोँले भने, “कोरोनाभइरसका कारण तहसनहस बनेको अर्थतन्त्र सुधारका लागि ‘ समझदारी र सम्झौताको सम्भावित आशा’ सम्मेलनबाट पलाएको छ । पीडाहरूबारे छलफल पुनः सुरु भएका छन् । अझै कुनै पनि कुरामा सहमति भएको छैन त्यसैले सहमति निर्माणका लागि म अत्यन्त होशियार रहनेछु ।

“त्यहाँ सम्झौताको भावना रहेको छ । त्यहाँ धेरै धेरै तनावपूर्ण क्षणहरु रहेका छन् र केहि क्षणहरु छन् जुन पक्कै पनि कठिन हुनेछन्,” उनले भने ।

सम्मेलनका तीन दिनको लामो छलफलपछि पनि ईयू समूहका २७ मुलुकका नेताहरूले उद्धार कार्यक्रमको आठ खर्ब ६० अर्ब अमेरिकी डलर रकममा सहमति निर्माण गर्न नसकेपछि अर्को सत्रको छलफलका लागि भेला भइरहेका समय फ्रान्सका राष्ट्रपति म्याक्रोँले उक्त धारणा सञ्चारकर्मीसँगको कुराकानीमा राखेका हुन् ।

ईयूका शक्तिशाली नेता म्याक्रोँ र मर्केल सम्झौताको समर्थनको पक्षमा छन्त तर उनीहरूले सम्झौताका सन्दर्भमा नेदरल्याण्ड्स र उत्तरी यूरोपका अरु साना तर धनी राष्ट्रहरूको कडा विरोधको सामना गरिरहेका छन् ।

“गत साँझ हामीले सम्भावित सम्झौताको लागि खाका प्रस्तुत गरेका छौँ,” जर्मन चान्सलर मर्केलले भने । “यो एक कदम अगाडी हो र यसबाट कमसेकम सम्झौता सम्भव छ भन्ने आशा पलाएको छ । आज एउटा सहमतिमा पुग्न सकिनेछ ।”

नेदरल्याण्ड्सलाई सहमत गराउनका लागि ईयु परिषद्का प्रमुख चाल्र्स मिशेलले राहत कार्यक्रमका लागि पूरानो रकमलाई घटाएर सोमबार तीन खर्र्ब ९० अर्बको खाका पेश गर्ने अपेक्षा गरिएको छ ।एएफपी



प्रतिक्रिया दिनुहोस्

Screenshot