Logo

मनसुन सुरु भएको एक महिनामा १३१ को मृत्यु



काठमाडौं, साउन ६ । असार १ देखि भदौ ३० गतेसम्मलाई मनसुन मानिन्छ । यो समयमा बाढी, पहिरो र चट्याङको कारण ठूलो जन धन क्षति हुने गरेको छ । असार १ देखि साउन ४ गतेसम्ममा नेपालमा बाढी, पहिरो र चट्याङको कारण १३१ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार जारी गरेको बुलेटिनमा उल्लेख छ ।

सबैभन्दा धेरै पहिरोको कारणले ज्यान गएको छ । यो एक महिनाको समयमा पहिरोमा पुरिएर १११ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर अझै ४३ जना बेपत्ता भएका छन् । त्यस्तै पहिरोमा पुरिएर ८७ जना गम्भीर घाइते भएका छन् ।

एक महिनाको समयमा बाढी बगाउँदा तीन जनाको ज्यान गएको छ । बाढीमा परेर पाँच जना अझै बेपत्ता भएका छन् भने एक जना गम्भीर घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुलेटिनमा उल्लेख छ । एक महिना नै चट्याङ लागेर १७ जनाको ज्यान गएको छ भने ४२ जना घाइते भएको प्राधिकरणको बुलेटिनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot