Logo

बेलायतले कोभिड–१९ विरुद्धको सम्भावित खोपको नौ करोड खुराक खरिद गर्ने



काठमाडौं, साउन ६ । बेलायतले कोभिड–१९ विरुद्धको सम्भावित खोपको नौ करोड खुराक खरिद गर्ने सम्झौता गरेको छ । बेलायत सरकारले सोमबार खोप र औषधी उत्पादक कम्पनीहरू बायो एनटेक, फिजर र भाल्नेभासँग सम्झौता गरेको जनाएको छ ।

द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार बेलायतको अर्थ सचिव आलोक शर्माले बेलायतले घरेलु भूमिमा उत्पादन भइरहेको तीन प्रकारको खोपमा पहुँच बनाएको बताएका छन् । उसले खोप सम्बन्धमा अध्ययनका लागि स्वयंसेवकका लागि आवेदन खुलाइएको जनाए ।

बायो एनटेक र जर्मन उत्पादक फिजरले करिब तीन करोड तथा फ्रान्सको भल्नेभाले छ करोड खोप उत्पादनको प्रकृयामा रहेको छ । बेलायत सरकारले यसअघि नै औषधी उत्पादक आष्टाजेनेकाले अक्सफोर्ड विश्वविद्यालयसँगको समन्वयमा परीक्षण गरिरहेको खोपमध्ये दश करोड खरिद गर्ने जनाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot