Logo

रोकिएका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले तयार



काठमाडौं, साउन ६ । कोभिड १९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ। चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण त्रिवि सहित अन्य विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहको थुपैं परीक्षा स्थगित छ। तर अवस्था सहज भइनसकेकोले परीक्षा र पढाई कहिलेदेखि सुचार गर्ने भन्नेबारे कुनै पनि विश्वविद्यालयले यकिन गर्न सकेका छैनन्।

त्रिविले परीक्षा सञ्चालनका लागि के कस्ता विधिहरु अपनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न शिक्षाध्यक्षको कार्यालयले कार्यदल बनाएको थियो। कार्यदलले दिएको सिफारिसमा पढाई अनुसार परीक्षाको तरिका पनि बदल्नुपर्ने सुझाव उपकुलपति कार्यालयलाई दिएको छ।

परीक्षा पुरानै शैलीमा सञ्चालन गर्न सकिने, छुट्टै एप निर्माण गरेर विद्यार्थीलाई पनि त्यसैमा जोड्ने र त्यहीबाट परीक्षा चलाउने, सामाजिक दुरी कायम गरेर विद्यार्थीलाई नै उपस्थित गराएर परीक्षा चलाउने तथा क्याम्पसको आन्तरिक मूल्याङकनमा आधारित रहेर विद्यार्थीलाई नम्बर दिन सकिने विकल्प कार्यदलले दिएको छ। तर आन्तरिक मूल्याङकन भने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीलाई मात्र लागु गरिने त्रिविले जनाएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्