Logo

धरान-धनकुटा राजमार्गमा गर्जुवा र लेउतीको बितण्डता, गर्जुवा बस्ति नै जोखिममा (भिडियोसहित)



धनकुटा, ६ साउन । अविरल बर्षा कारण धरान धनकुटा राजमार्ग सडक खण्डको गर्जुवामा हरेक बर्षझैं सोमबार पनि बाढी र पहिरोले सडक अवरोध भएको छ । गर्जुवा खोलामा माटो सहित आएको बाढीले धरान–धनकुटा कोशी राजमार्ग समेत पटक-पटक अवरुद्ध गरेको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले जानकारी दिएकी छिन् ।

पानी पर्ने वित्तिकै गर्जुवाको सिरमा पहिरो जाने र सोही पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग नै अवरुद्ध हुने गरेको हो । सडक डिभिजन कार्यालय धनकुटाको करिव २ घण्टाको सफाई पछि बाटो खुलेको थियो । कुनै मनविय क्षति नभएपनि गर्जुवाका करिव आधा दर्जन घरहरु पहिरो र बाढीको जोखिममा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्