काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सामाजिक सञ्जालमा कडा व्यङ्ग्य गरेकी छिन् । उनले आज भावरको कोब्रा खतरनाक हुने भएकाले कि त टाउकोमा हानेर खुत्रुक्कै बनाउनुपर्ने कि त छुनै नहुने टिप्पणी गरेकी छिन् ।
ट्वीटरमा ट्वीट गर्दै झाँक्रीले कोब्रालाई चलाएर छाडेमा उसले खोजी खोजी मार्ने लेखेकी छिन् । नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर ओली विरोधी समुह पछि हट्न लागेको सन्देश गइरहँदा झाँक्रीको टिप्पणी सार्वजनिक भएको हो ।
झाँक्रीले लेखेकी छिन्ः भावर, दुन प्रदेश भनेर भूगोलमा पढ्थ्यौ र त्यस प्रदेशका विभिन्न विशेषता मध्ये भावरको कोब्रा खतरनाक हुन्छ।कि त टाउकोमा हानेर खुत्रुक्कै बनाउनुपर्छ या त छुनु हुन्न उसले खोजी खोजी मार्छ।