Logo

ओली-प्रचण्ड निकासको प्रयासमा, स्थायी कमिटी बैठक अझै बसेन



काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद सुल्झाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटक पटक भेटवार्ता भएको छ । तर, निकास निस्कन सकेको छैन । आज स्थायी कमिटी बैठक अघि पनि दुई अध्यक्षबीच वन टु वन वार्ता भयो ।

बालुवाटारमा एक बजेका लागि तय भएको स्थायी कमिटी बैठक अझै शुरु हुन सकेको छैन । विवाद मिलाउन दुई नेता लामो समय छलफलमा हुँदा बैठक शुरु हुन नसेकेको हो ।

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमले ओलीको राजीनामा मागिरहेका छन् । उनीहरु पुरानै अडानमा कायम छन् । सहमतिको न्युनतम बिन्दु एक व्यक्ति एक पद राख्दा पनि ओली दुवै पद छाड्न तयार भएका छैनन् ।

ओलीले मन्त्रिमण्डल पुर्नगठन, अली महाधिवेशन, पार्टी कमिटी पुर्नगठनको प्रस्ताव राखेका छन् । उनले विरोधी नेताहरुले अलग अलग भेटेर विभिन्न प्रस्ताव राखेका छन् । तैपनि कुरा मिल्न सकेको छैन ।

ओली विरोधी लगाउन निरन्तर लागेका छन् । कुनै हालतमा राजीनामा नदिने पक्षमा छन् । बरु कडा कदम चाल्ने तयारीमा छन् । उनको विरोधी समुह पनि कुनै दुर्घटनाको खतरा देखेर रक्षात्मक बनेको छ । निकास निस्कन नसकिरहेको अवस्था छ ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot