Logo

चीन र अमेरिकाबीच बढ्दो तनावले युद्वको खतरा



एजेन्सी, ६ साउन । चीन र अमेरिकाबीच दिनप्रतिदिन तनाव बढ्दै गएको छ । दुवै देशबीच हङकङ, साउथ चाइना सी, हुवावे र कोरोना भाइरसको आरोप प्रत्यारोपले तनाव आक्रमक बन्दै गएको देखिएको छ । विश्वका दूई शक्तिशाली राष्ट्रहरुबीचको गर्माहटमा धेरै विषयहरु छन् ।

अमेरिकाले हङकङमा चीन विरोधी गतिविधि बढाएको चीनको आरोप छ । अमेरिकाको राष्ट्रिय सुरक्षामा चीन मुख्य समस्याको रुपमा देखापरेको अमेरिकी सुरक्षा निकायको सचिव टि.इस्परले बताएका हुन् । विश्वका अधिक शक्तिशाली राष्ट्र बन्ने दौडमा रहेको कारण अमेरिकाको प्रतिस्पर्धी चीन र रुस रहेको जनाइएको छ । चीनको अधिक जनसंख्या र मजबुत अर्थतन्त्रको आधारमा अमेकिालाई छिट्टै पछाडी पार्न सक्ने समेत जनाइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी चीनमा मात्र उदय नभइ यसले अमेरिकी राजनीतिलाई समेत असर गरिरहेको र यसकारण पश्चिमी मुलुकलाई क्षति पुग्न सक्ने अमेरिकी अधिकारीको आँकलन रहेको छ । दूई वर्ष अगाडि चीन र अमेरिकाबीच व्यापार युद्व भएको थियो । त्यसपछि दुवै देशबीच बिभिन्न सम सामायिक विषयमा आरोप प्रत्यारोप हुँदै आएको छ । दुवै देशको विवादले नयाँ युद्व तर्फ धकेलिरहेको विज्ञहरुले आँकलन गरिरहेको छ । यसले विश्वको अन्य देशले कस्को पक्षमा उभिने भन्ने ठूलो प्रश्न खडा भएको छ ।

दुवै देश एक अर्कालाई दोष दिइरहेका छन् । ती देशको सरकार नजिक मिडियाहरु एक अर्को देशलाई आरोप लगाउनमै समय खर्चिइरहेका छन् । यसले अमेरिका र चीनबीचको सम्बन्ध अत्यधिक चिसिंदै गएको छ । चीनको विदेश मन्त्रीले अमेरिकामाथि अमेरिकन फर्स्ट पोलिसि, शक्ति राष्ट्र भएको घमण्ड र अन्य देशलाई मजाकको रुपमा लिने प्रवृत्ती रहेको आरोप लगाउँदै विश्वको शक्तिशाली मानिएको देशले यस्तो प्रकारको व्यवहार गर्न अनुचित र लज्जास्पद रहेको टिप्पणी गरेका छन् । चीनले अमेरिकालाई कहिले पछि पार्ने निति तर्फ उन्मुख नरहेको दाबी गरिएको छ । अमेरिकाकाले सदैव चीनलाई दोषी ठह्राउने नितिले चीन आफ्नो बचावमा कदम उठाउने चीनको दाबी छ । युद्व चीनको कारण नभइ अमेरिकाको कारण निम्तिने चिनियाँ विज्ञहरुको तर्क छ । अमेरिकाको नीतिले अमेरिकालाई नै ठुलो क्षतिको सामाना गर्नुपर्ने चेतावनी समेत चिनियाँ मिडियाले दिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot