Logo

ओलीको उपस्थिति विना प्रचण्डको अध्यक्षतामा केही मिनेट बस्यो नेकपा स्थायी कमिटी बैठक



काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद अझै मिल्न सकेन । आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा सहमतिको बिन्दु तयार गर्न वार्ता भएपनि कुरा मिल्न सकेन ।

एक बजेका लागि डाकिएका स्थायी कमिटी सदस्यहरु वर्षा नभनी बालुवाटार पुगेर कुरेर बसे पौने घन्टा बसेपछि केही बेरमा बैठक त बस्यो तर नाममात्रको । बैठकमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठमा उनी स्वयं अनुपस्थित हुनुलाई अर्थपूर्ण मानिएको छ ।

बैठकको अध्यक्षता प्रचण्डले गरे । बैठक बाढी पहिरोको कुरा गर्दै त्यसबारे निर्णय भएको सुनाएर सकियो । केहीबेर फोटो खिच्न लगाइयो । पानी परेर चीसो बढेकाले चीयासम्मको व्यवस्था भयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार स्थायी कमिटी बैठकले मनसुन शुरु भएयता वर्षाका कारण भौतिक एवं मानवीय क्षतिप्रति गम्भीरता देखाएको छ । क्षतिग्रस्त सडक तथा पुलहरु मर्मत गरी आवागमन चालु गर्न आग्रह गरेको छ । स्वयंसेवीको भावनाका साथ उद्धार, राहत तथा पुर्नस्थापनामा परिचालिन हुन आग्रह गरेको छ ।-Photo Source: PM Secretariat



प्रतिक्रिया दिनुहोस्

Screenshot