Logo

भारतीय कम्पनिद्वारा २०२१ को मार्च महिनामा कोरोनाविरुद्धको खोप ल्याउने तयारी



एजेन्सी, ६ साउन । कोरोना खोपको दौडले गति लिइरहँदा नयाँ कम्पनीहरु आफ्नो परिक्षणहरुलाई तीव्रता दिने योजना बनाइरहेका छन् । भारतको पुना शहरमा रहेको गेन्नोभा वायोटेक फर्मले कोरोना खोपको मानवीय परिक्षण अक्टूबर महिनादेखि सुरु गर्ने भएको छ ।

खोप परिक्षण्को क्रममा प्रभावकारी भए उक्त कम्पनीले खोपलाई सन् २०२१ को मार्च महिना भित्र प्रयोगमा ल्याउने प्रतिबद्वता देखाएको कम्पनीका कार्यकारी अध्यक्ष सञ्जय सिंहले जनाएका छन् । कम्पनीले संक्रमण सुरु भए लगतै खोपको अनुसन्धान र परिक्षणमा जोड दिन थालेको थियो । कम्पनीले खोपमो बिभिन्न प्रक्रियाहरु पार गरिसकेको र जनावरहरुमा समेत परिक्षण गरिएको जनाइएको छ । परिक्षण साकारात्मक र प्रभावकारी भएको कारण यसलाई मानव परिक्षणका लागि मान्यत दिइएको हो ।

एम आरएनए खोपको नयाँ बर्गको खोप एच जीओ १९ लाई कम्पनीले प्रभावकारी बनाएको हो । उक्त खोपले कोरोनाको स्पाइक प्राटीनलाई शरीरमा पत्ता लगाउने र फैलिन नदिन प्रभावकारी हुने जनाइएको छ । उक्त खोपले शरीरमा कोरानाविरुद्व लड्न प्रतिरक्षा प्रणालीको विकास गर्न मद्दत पुर्याउने छ । एमआरएनए खोप अद्वितीय खोप रहेको छ । यसलाई निर्माण गर्न ४५ दिनको समय लाग्ने गर्दछ । जनावरमा गरिएको परिक्षणमा खोपले ९० दिनसम्म शरीरमा एन्टीबडी निकालेको र प्रभावकारी भएको जनाइएको छ । वायोटेकले अमेरिका, ब्राजील, दक्षिण अफ्रिकामा समेत मानवीय परिक्षण गर्ने भएको छ । कम्पनी संत १५० देखि २०० मिलियन डोज निर्माण गर्न सक्ने क्षमता रहेको जनाइएको छ । कम्पनीले खोप नर्माण गर्न अत्यधिक लगानी गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot