Logo

श्रोत नखुलेको नगद सहित सिन्हा पक्राउ



रौतहट, ६ साउन । श्रोत नखुलेको नगद सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ईशनाथ नगरपालिकाबाट श्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित पवन कुमार सिन्हा सोमबार दिउँसो पक्राउ परेका हुन् ।

नेपाल भारतको सिमाना नजिक मठिया महुलियातर्फ आउँदै गरेका साइकलमा सवार उनलाई जाँच गर्दा उनको साथबाट उक्त नगद फेला पारी मठियाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

साथै उक्त साइकलबाट पशु आहाराको बोरा १ थान, कापी ३ पिस, खाने तेल ४ लिटर र खरि १ किलो समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्