Logo

मंगलबार एक प्रतिशत घट्याे नेप्से



काठमाडौँ ६ साउन : मौद्रिक नीतिपश्चात उच्च दरले बढेको शेयर बजार फेरि घट्न थालेको छ। मंगलबार नेप्से सूचक १.०२ प्रतिशत अर्थात १४.९९ अंकले घटेर १ हजार ४४९ विन्दुमा झरेको छ।

मौद्रिक नीतिपश्चात पहिलो दिन आइतबार शेयर बजार उच्च दरले बढ्दा तीनपटकसम्म सर्किट लागेर एक घण्टामै बजार बन्द भएको थियो। त्यस्तै, सोमबार पनि लगातार दोस्रो पटकसम्म सकारात्मक सर्किट लागेको थियो। सो पश्चात भने बजार घट्न थालेको छ।

मंगलबार कारोबारमा आएका कम्पनीहरुमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य ४१ वटा कम्पनीको शेयरमूल्य घटेको छ। कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ४ वटा उपसमूह मात्रै सकारात्मक देखिएका छन् भने बाँकी सबै उपसमूहका सूचक नकारात्मक छन्। यस दिन होटलहरुको शेयरमूल्य बढेको छ भने हाइड्रोपावरको शेयर मूल्य घटेको छ।

मंगलबार १८५ वटा कम्पनीको ४९ लाख ७६ हजार कित्ता शेयर १ अर्ब ८७ हजार रुपैयाँमा खरिद बिक्री भएको छ। जसमा हिमालयन डिस्टिलरीको हिस्सा सबैभन्दा धेरै छ। यस दिन हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १४ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनएमबि बैंकको १३ करोड ९७ लाख, नेपाल पुनर्बीमा कम्पनीको १२ लाख ४२ हजार, एनआइसी एशिया बैंकको ११ करोड ४४ लाख नेपाल लाइफ इन्स्योरेन्सको १० करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।-मेरोलागानी/File Photo



प्रतिक्रिया दिनुहोस्