Logo

कोरोना भाइरस हावाको माध्यमबाट फैलन सम्भवः सीएसआईआर



एजेन्सी, ६ साउन । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस हावाको माध्यमबाट फैलिन सक्ने अनुमानलाई पुष्टि गर्दै सार्वजनिक गरेको थियो । यस विषयलाई भारतको दिल्लीस्थित रहेको वैज्ञानिक र औद्योगिक अनुसन्धान परिषदले समेत हावाको माध्यमबाट फैलन सम्भव रहेको पुष्टि गरको छ ।

परिषदले कोरोना भाइरसको फैलावट हावाको माध्यमबाट समेत हुन सक्ने अधिक सम्भावनालाई अंंकित गर्दै सचेत रहन आवश्यक रहेको ठहर गरेको छ । बन्द सतह वा हावा नछिर्ने ठाँउमा मास्कको उचित प्रयोग गर्न समेत सम्पूर्ण जनमानसमा सुझाएको छ । बिभिन्न अनुसन्धानको आधारमा कोरोनाको फैलाव हावाको माध्यमबाट समेत देखिएको परिषद्का प्रमुख शेखर मान्डेले जानकारी दिएका छन् । यस्तो भयावह रुप लिएको कारोना भाइरसको फैलावबाट आफू कसरी सुरक्षीत हुने विषय उजागर भएको थियो । उनले उक्त विषयमा सुरक्षीत रह्न अत्यधिक चाप भएको ठाँउमा नजान, कार्यलयहरुमा मास्क प्रयोग गर्न, एक अर्का संगको दूरी कायम गर्न आवश्यक रहेको जनाएका छन् ।

यस विषयलाई डब्लूएचओ लगायत ३२ देशका ३२९ वैज्ञानिकहरु करिब एक महिनादेखि अनुसन्धान गरिरहेको उनले बताए । हावाको माध्यमबाट फैलिने संक्रमणले भयानक रुप लिन सक्ने चेतावनी समेत दिएका छन्। मास्क नै यस्को सबैभन्दा प्रभावकारी उपाय रहेको बताए । यसलाई नियम स्वरुप लागु गर्नु पर्ने बताए । हावाको माध्यमबाट फैलिने विषयमा वादविवाद चलिरहँदा मान्डेले संक्रमित व्यक्ति वा संक्रमित सतहमा रहेको कणहरु स्वच्छ मानिसलाई श्वास लिने क्रममा संक्रमण फैलिन सक्ने सम्भावना प्रवल रहेको बताउँदै जानकारी गराएका थिए । संक्रमितको कफ, हाँभ्छयु गर्न बेलामा निस्कने तरल पर्दाथ नै संक्रमण फैलाउन मुख्य भुमिका खेल्न सक्ने बताए । कम दुरीमा बस्ने व्यक्तिमा जोखिमको खतरा अत्यधिक देखा परेको उनले बताए । विश्व स्वाथ्य संगठनद्वारा लागू गरिएको सामाजिक दूरी कायम गरे यसले केही हदसम्म जोखिम रोक्न सक्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot