Logo

साउन १५ बाट होटल तथा रेष्टुरेन्ट खोल्न दिने सरकारको निर्णय



काठमाडौं, ६ साउन । सरकारले साउन १५ देखि लागू हुने गरी होटल तथा रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले होटल तथा रेष्टुरेन्ट खोल्न दिने जानकारी गराएका हुन् ।

होटल तथा रेष्टुरेन्टमा भने सामुहित भोज भत्तेर गर्न पाइने छैन । सामाजिक दुरी कायम गरी होटल तथा रेष्टुरेन्टमा व्यवसाय गर्न पाइने छ ।
पर्यटन क्षेत्र सुचारु गर्ने सरकारको निर्णयभित्र ट्रेकिङ, ट्राभल र पर्वतारोहण व्यवसाय पनि छ ।

यसैगरी, भदौ १ बाट हवाई उडान सुचारु गर्ने निर्णय भएको छ । उडानको मापदण्ड बनाउने जिम्मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाउने छ ।



प्रतिक्रिया दिनुहोस्