Logo

३६ घण्टापछि एकतर्फी खुलेको नारायणगढ मुग्लिन सडक फेरि अवरुद्ध



चितवन, ७ साउन । पहिरोका कारण ३६ पछि एकतर्फी संचालनमा आएको नारायणगढ मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ। मंगलबार साँझपख एकतर्फी सञ्चालनमा आएको सडकखण्ड चार घण्टापछि फेरि अर्को ठाँउमा पहिरो खसेपछि अवरुद्ध भएको हो।

मंगलबार राति भरतपुर महानगरनगरपालिका–२९ अन्र्तगत बतासे डाँडामा पहिरो खसेको हो। राति साढे आठ बजे ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए।

सोमवार चारकिलोमा पहिरो खसेर मंगलवार अपरान्ह साढे चार बजे सडक एकतर्फी संचालन गरिएको थियो। तनहुँको आँबु खैरहनीमा पहिरो र धादिङको सिमानामा रहेको मौवा खोलामा सडक भाँसिएर सवारी रोकिएपछि नारायणगढ मुग्लिन क्षेत्रमा सवारी संचालन भएका थिएनन्।

मुग्लिन र जुगेडीमा पहिल्यै सवारी रोकिएको थियो। लगातारको वर्षाको कारण यो सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ। अन्यत्र सामान्य पहिरो भएपनि चारकिलोमा ठूलो पहिरो खसेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्