Logo

बाढीले बेपत्ता वीरेन्द्रको शव भेटियो



महोत्तरी, ७ साउन । रातु खोलाको बाढीमा बेपत्ता भएका महोत्तरी भंगहा ६ सग्रामपुरका वीरेन्द्र कापरको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टीकाबहादुर केसीका अनुसार कापरको शव साँझ साँढे ६ बजेतिर बलवा नगरपालिका ४ उत्तरबारी टोलस्थित रातु खोलाको किनारमा भेटिएको हो।

बलवा नगरपालिका ११ भगबतिपुरस्थित खोला तर्ने क्रममा उनलाई बाढीले बिहान १० बजे बगाएको थियो। जनकपुरबाट घर फर्किदैं गर्दा उनी बाढीमा बगेका थिए। बाढीले बेपत्ता बनाएको खबर पाउना साथ इलाका प्रहरी कार्यालय लोहारपट्टी, बलवा, प्रहरी चौकी सितापुर, भ्रमरपुरा, मलिबाराबाट उद्धारका लागि प्रहरी टोली खटेको थियो।

बाढीमा बगेको साढे ८ घण्टापछि उनको शव भेटिएको हो। जनकपुरमा उनी घर निर्माणमा ज्यालादारी काम गर्दै आएका थिए। पानी परेसंगै निर्माण कार्य रोकिएपछि उनी बिहानै साइकलमा घर फर्किदैं थिए।

बिहान कमाए साँझबिहान हातमुख जोड्दैं आएका कापरको मृत्युले उनको परिवार शोकमा डुबेको छ। उनका स(साना तीन छोरी छन्। छोरीको पालन पोषण कसरी गर्ने भन्दै कापरको श्रीमति बिलोना गरिरहेकी खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot