Logo

पहिरोमा पुरिएर मृत्यु भएका प्रतिपरिवारलाई डेढ लाख



स्याङ्जा, साउन ७ । पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई एक लाख ५० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा गत असार ३० गते बिहान आएको पहिरोमा पुरिएर मृत्यु भएका चार जनाको परिवारलाई केन्द्रीय सरकारको एक लाख र प्रदेश सरकारको ५० हजार गरी प्रतिपरिवार एक लाख ५० हजारका दरले छ लाख र गल्याङ नगरपालिका–९ साङ्लियाका एक परिवारलाई ५० हजार राहत मङ्गलबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले मृतकको घरघरमै पुगेर राहत रकम उपलब्ध गराएका हुन् ।

गल्याङ–९ साङ्लियाको पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई यसअघि नै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले एक लाख रुपैयाँ उपलब्ध गराएका थिए।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot