Logo

राष्ट्रपतिको भूमिकाले नेकपाका कार्यकर्ता नै लज्जितः प्रदीप गिरी(भिडिओसहित)



काठमाडौं, साउन ७ । नेपाली काँग्रेसका नेता प्रदीप गिरीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाबाट आफ्नै कार्यकर्ताले लाज मानेको टिप्पणी गरेका छन् । संविधानको संरक्षकले नै संविधानको मर्म र भावनाविपरित कुनै दल विषेशको नेतामा सिमित हुनु देशकै लागि दुर्भाग्य भएको नेता गिरीको भनाई छ ।

नेकपाभित्रको आन्तरिक  झगडामा राष्ट्रपति लगातार प्रत्यक्ष रुपमा संलग्न हुनु र प्रधानमन्त्रीको ‘रवर-स्ट्याम्प’ बन्दा पार्टीकै मान्छेले लाज मानेका र कसैले राम्रो नमानेको गिरीले बताए । पत्रकार ऋषि धमलासंग कुरा गर्दै उनले उनले शितलनिवासको कुर्सीमा बसेर राष्ट्रपति भण्डारीले पदीय जिम्मेबारी भुलेको र संविधान उल्लंघन गरेको बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्