Logo

इन्डिगोले आफ्ना दुई हजारभन्दा बढी कर्मचारी निकाल्ने



एजेन्सी ७ साउन : भारतिय एयरलाइन इन्डिगोले कोरोना महामारीको कारण आफ्नो १० प्रतिशत कर्मचारी कटौति गर्ने भएको छ । उडानको माग धराशायी भएको कारण आएको आर्थिक मन्दिको कारण उक्त निर्णय लिन परेको जनाइएको छ। एयरलाइनका करिव २४ हजार र्कमचारी मध्ये अब २ हजार ४ सयले जागिर गुमाउने भएको छ ।

इन्डिगोका प्रमुख कार्यकारिणी अधिकारी रानोजोय दत्ताले लगानीकर्ताहरुलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ , ‘ हाम्रो व्यापार संचालनलाई दिगो बनाउने हो भने केहि त्याग नगरिकन हाम्रो कम्पनीलाई आर्थिक आँधिसंग भिड्न असम्भव हुन्छ । ’

भारतले कडा लकडाउन लगाएपछि थुप्रै महिना यो एयरलाइन ग्राउन्डेड भएको हो । अहिले पनि यस एयरलाइनको शेयर बजार ४८ दशमलव ९ प्रतिशत रहेको छ । यस वर्ष एयरलाइनको ८४ अर्व अमेरिकी डलर भन्दा बढि घाटा हुने भविष्यवाणी गरिसकेको छ । महामारी कारण थुप्रै विमान कम्पनिहरुले आफ्ना कर्मचारी कटौती गर्ने निर्णय गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस्