Logo

भारतीय प्रधानमन्त्री मोदी ट्वीटरमा प्रख्यात नेतामा



एजन्सी, ७ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रीयता चुलिदै गएको छ । उनी सामाजिक सञ्जालमा चर्चित छन् ।

नयाँ युगमा प्रवेश गरसंगै प्रविधिको उच्च उपयोग गर्न मोदी सफल भएका छन् । उनी सामाजिक सञ्जालमा सक्रिय भइरहँन्छन् । सन् २०२० मा भएको सर्वेक्षण अनुसार भारतीय प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपछि दोस्रो प्रख्यात नेताका रुपमा देखा परेका छन् ।

मोदीको ट्वीटरमा करिब ५ करोड ७९ लाख फलोअर छन् । यस वर्ष उनको फलोअर भने २१ प्रतिशतले बढेको हो । यस दौडमा अमेरिकी राष्ट्रपति ट्रम्प भने चार वर्ष देखि लगातार प्रथम हुँदै आएका छन् । उनको ट्वीटरमा ८ करोड १० लाख फलोअर रहेका छन् । ट्रम्पसित अत्यधिक फलोअर रहेपनि मोदीको अकाउन्टमा पुग्नेको संख्या ४ करोड रहेको छ । यसकारण अकाउन्ट रिचमा उनी प्रथम स्थानमा छन् । त्यसैैगरी तेस्रो स्थानमा पोप फ्रान्सिस छन् भने चौथोमा भारतीय प्रधानमन्त्री कार्यलय र पाँचौ स्थानमा अमेरिकी राष्ट्रपति कार्यालय रहेको छ । ट्रम्पको ट्वीटरमा रिट्वीट गर्ने व्यक्तिको संख्या २४ हजार रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot