Logo

देवकलीका जुम्ल्याहा राम र लक्ष्मण हात्तीहरुको चित्र आजबाट चलनचल्तीमा आएको हजारको नोटमा



काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले निस्काशन गरेको नयाँ हजार दरको नोटको पृष्ठ भागको मध्यमा देवकली भनी चिनिने हात्तीले जन्म दिएको राम र लक्ष्मण जुम्ल्याहा हात्तीको चित्र अंकित छ । दुवै हात्ती चितवनको सरकार हात्तीसारमा जन्मिएका हुन् ।

नोटको अग्र भागमा बायाँतर्फ सगरमाथा हिमालो चित्र रहेको छ । दायाँतर्फ लालीगुराँस छ । दृष्टिविहीन व्यक्तिहरुले छामेर नोट पहिचान गर्न सक्ने गरी एक हजार अंक जनाउने रोमन अक्षर एम रहेको छ ।

नोटमा तत्कालिन गर्भनर डा. चिरंजीबि नेपालको दस्तखत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्