Logo

आजबाट पृथ्वी राजमार्ग सूचारु हुन्छ : रविन्द्र रेग्मी (धादिङ, प्रहरी प्रमुख)



धादिङका प्रहरी प्रमुख (एस.पी.) रविन्द्र रेग्मीले मौवा खोलादेखि चितवनसम्मको बाटो क्लियर रहेको र गाडीहरू जान सक्ने अवस्थामा रहेको बताएका छन् । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दैए उनले भने,‘मौवा खोलामा पन्ध्र÷बीस मिटर बाटोमा असर परेको छ, त्यसको हकमा हामीले प्रयास गरिरहेका छौँ ।’ प्रस्तुत छ रेग्मीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

धादिङ जिल्लाको अवस्था के छ ? सडकको अवस्था के छ ? जनता के गरिरहेका छन् ? आवतजावत ठप्प छ भनिएको छ ?

हिजो साँढे दुई बजेसम्म मौवा खोलादेखि चितवनसम्म बाटो क्लियर छ । गाडीहरू जान सक्छन् । मौवा खोलामा पन्ध्र÷बीस मिटर बाटोमा असर परेको छ, त्यसको हकमा हामीले प्रयास गरिरहेका छौँ । सम्भवत ः आज त्यसमा पास गरेर अगाडि बढ्न सक्छौँ होला ।

आजबाट सुचारु हुन्छ पृथ्वी राजमार्ग ?

हामी धेरै आशावादी छौँ । आजबाट धादिङ, चितवनतिर खुलाउन सक्छौँ ।

समस्याको जटिलता के छ ? हिजोबाट सुचारु गर्ने भनेर काम सुरु गर्नुभएको थियो, काम किन सुरु हुन सकेन ?

खोलाले धार परिवर्तन गरिरहने रहेछ । धार परिवर्तन गरिरहँदा एकदम गा¥हो भयो हामीहरूलाई । हामीलाई जनता र मिडियाको सहयोग पनि छ । आज हामी सफल हुन्छौँ ।

आवतजावत हुन नपाउँदा जनता त्यहाँ के गरेर बसिरहेका छन् ?

चितवनदेखि आएकाहरू मुग्लिनदेखि नै मुभमेन्ट कम छ । जनतालाई हामीले समस्या हुन दिएका छैनौँ । कोही विरामी भएको अवस्थामा काठमाडौँ आउने व्यवस्था गरेका छौँ ।

कुनै पनि समस्याहरू छैनन् ? जनता विचल्लीमा परेका छैनन् ?

विचल्ली नै परेका छैनन् भन्न त मिल्दैन । विचल्ली त एकातिर छ भने एकतिर जानुपर्ने अवस्था पनि छ नि । पोखरा जान खोजेकाहरू पोखरा जान नसकेर काठमाडौँ आउनुपरेको छ । बीचमा एता न उता हुन परेको छैन ।

भौतिक क्षतिको विवरणहरू आउँदैछ । जनधनको क्षति भईसक्यो । धादिङ जिल्लाको समग्र सडकको अवस्था कन्टविजोक नै होला होइन अहिले ? उत्तरसम्म पुग्नुपर्छ, झार्पाङसम्म पुग्नुपर्छ । समग्रमा पृथ्वी राजमार्ग खुल्दैछ भनेर नेपाली जनतालाई भनिदिए हुन्छ ?

किम्दाफेदीसम्म हामी पुग्न सक्छौँ । सबैलाई भनौँ, हामी आशा गरौँ, छिटोभन्दा छिटो पृथ्वी राजमार्ग वारपार खुलोस् भन्ने चितवनदेखि नै खुलोस् भन्नेमा हाम्रो अथक प्रयास छ ।

आज पानी पनि परेन, धादिङ जिल्लामा ?

आज पानी परेको छैन ।

त्यसोभए राम्रोसँग काम भईरहेको छ ?

भईरहेको छ । समाचारहरू अपडेट भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्